सुनचाँदीको भाउ घट्यो
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६ | १४:२३:३१
काठमान्डौ,५ माघ
बुधबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।
सुन बुधबार तोलाको ७५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ बुधबार तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित मिति : बुधबार, माघ १५, २०७६ |
१४:२३:३१
4599

















