बुधबार बेलुकादेखि मौसम बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६ | १९:३५:५४
काठमान्डौ,१५ माघ
काठमान्डौ उपत्यकाको मौसम बुधबार दिनभरी सफा रह्यो । उपत्यकासहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्यो । तर अहिले बेलुकादेखि भने मौसम बदली हुने मौसमविदले बताएका छन् ।
मौसमविद सजिना शाक्यका अनुसार बुधबार बेलुकादेखि पश्चिमी वायुको प्रभावले काठमाण्डौसहित देशका धेरै ठाउँ बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
बिहीबार मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको पनि सम्भावना छ । अहिले पश्चिमका केही ठाउँमा पानी परेको छ । शुक्रबारदेखि भने मौसम खुल्ने मौसमविदको अनुमान छ ।
प्रकाशित मिति : बुधबार, माघ १५, २०७६ |
१९:३५:५४
4709
























