एसएसपी सौरभ राणा यौन दुर्व्यवहारको आरोपमा निलम्बित
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६ | १३:१८:२७
काठमाडौं, १७ माघ ।
यौन दुर्व्यवहारको आरोप लागेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सौरभ राणालाई निलम्बन गरेको छ ।
सचिवस्तरीय बैठकले बिहीबार उनलाई निलम्बनको निर्णय गरेको गृहप्रवक्ता केदारनाथ शर्माले बताए ।
संघीय प्रहरी एकाइ धरानमा कार्यरत राणाविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् । ती महिलाले कात्तिकमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १७, २०७६ |
१३:१८:२७
5369



















