चीनको हुपै प्रान्तमा रहेका नेपालीको उद्धार गरिँदै
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६ | १६:१६:३५
बेइजिङ,१८ माघ।
बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले चीनको हुपै प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने भएको छ। कोरोना भाइरसबाट अति प्रभावित चीनको हुपै प्रान्तमा रहेका नेपालीहरूको उद्धार गर्न नेपाल सरकारले निर्णय गरेको हो।
यसका लागि विशेष चाटर्ड विमानको तयारी भइरहेको नेपाली दूतावासले जनाएको छ ।हुपै प्रान्तभित्रका ऊहानसहित विभिन्न शहरमा रहेका नेपालीहरू सङ्क्रमित नरहेको बताइएको छ ।
यसको लागि हुपैमा रहेका नेपालीहरूले आवश्यक फाराम भर्नुपर्ने र उक्त फाराम दूतावासको वेबसाइटमा उपलब्ध रहेको दूतावासले जानकारी दिएको छ।
प्रकाशित मिति : शनिबार, माघ १८, २०७६ |
१६:१६:३५
5545



















