लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू नभत्काउन सर्वोच्च अदालतले आदेश
प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६ | १२:४९:५८
काठमाडौं,२३ माघ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार दुबै पक्षलाई छलफलमा बोलाउने अन्तरकालीन आदेश दिएको थियोे । तर अस्पताल प्रशासनले उक्त आदेश बेवास्ता गर्दै बिहीवार बिहानै सटरहरूमा डोजर चलाएपछि सर्वोच्चले बिहीबार (आज) पुनः अर्को अन्तरिम आदेश जारी गर्दै सटर भत्काउने काम रोक्न भनेको हो ।
गत कार्तिक १८ गते प्रदेश ५ सरकारको मन्त्रिपरिषद वैठकले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६ |
१२:४९:५८
5127



















