बैतडीमा एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएपछि….
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ | १५:२८:२३
बैतडी,२६ माघ।
बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्स भित्र मरेको चित्तल भेटिएपछि आइतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार डिलाशैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा मरेको चित्तल फेला परेको हो। बिरामी पुर्याएर महेन्द्रनगरबाट फर्किने क्रममा गोकुलेश्वरमा चेकजाँच गर्दा एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएको राउनले बताए।
प्रहरीले चालक महेश बोहरालाईसमेत नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु भएको बताएको छ। चालक बोहरामाथि अनुसन्धान भइरहेको र उनीमाथि वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने साउनको भनाइ छ।
प्रकाशित मिति : आइतबार, माघ २६, २०७६ |
१५:२८:२३
5193



















