बाँकेमा दुलही पठाउन हिँडेको बस दुर्घटना, ३७ जना घाइते
प्रकाशित मिति: शनिबार, फाल्गुण २९, २०७७ | १२:२८:१७
नेपालगन्ज ,२९ फागुन ।
दुलही पठाउन दाङ जाँदै गरेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।
शुक्रबार राति १० बजे राप्ती सोनारी–३ खैरहनीबाट करिब ४० जना सवार ना ३ ख ९७५७ नम्बरको बस दाङको मौरीघाट जाने क्रममा दुर्घटनामा परेको स्थानीय हेमन्त चौधरीले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइते सबैको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना बसका चालक भने फरार रहेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुण २९, २०७७ |
१२:२८:१७
4753

























