मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाकाे मृत्यु
प्रकाशित मिति: आइतबार, चैत्र ०८, २०७७ | ९:२२:४३
काठमाडौँ,८ चैत ।
मनाङमा मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ ।
गएराति तीन वर्षका बालकको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जनाको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ध १ ख ५९२ नम्बरको ट्रक मर्स्याङ्दी नदीमा खसेको हो ।
दुर्घटनामा परेर नासो गाउँपालिका-४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको ज्यान गएको हो ।
यस्तै मर्स्याङ्दी गाउँपालिका-५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका-४ का धनमान भनिने राजु विश्वकर्माको पनि ज्यान गएको डीएसपी सुवास खड्काले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, चैत्र ०८, २०७७ |
९:२२:४३
5633

























