कोरोना नियन्त्रणमा चिनियाँ नर्सको बलिदानः कपाल खौरन्छन्, डाइपर लगाउँछन्
बेइजिङ, २८ माघ
चीनका नर्सले कोरोनाभाइरस नियन्त्रणमा ठूलो बलिदान दिएका छन्।
नोबल कोरोनाभाइरसको उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरमा कोरोना संक्रमितको उपचारमा जान अगाडि नर्सहरुले कपाल खौरिएका छन्।
कपाल लामो हुँदा त्यसलाई मिलाउने झन्झट साथै कपालबाट भाइरस सर्नसक्ने भन्दै नर्सहरुले कपाल पुरै खौरिएको पिपुल्स डेलीले जनाएको छ।
Coronavirus-fighting nurses cut hair short before heading to Wuhan to aid the battle against the epidemic. #FightVirus pic.twitter.com/lcjk8G6PDw
— China Xinhua News (@XHNews) February 10, 2020
नर्सहरुले कपाल मात्र खौरिएका छैनन्। उनीहरुले डाइपरसमेत लगाएर कोरोना संक्रमितको उपचार गरिरहेका छन्।
डाइपर लगाउनुको अर्थ बाथरुम जाने समयमा पनि नर्सहरुले बिरामीको सेवा गरिरहेका छन्।
यसैबीच वुहानको अस्पतालमा कोरोनाको उपचार पाइरहेका विरामीहरुले डाक्टर तथा नर्सले आफ्नो राम्रो हेरचाह गरेको प्रतिक्रिया दिएका छन्।
सिन्ह्वाका अनुसार कोरोनाबाट संक्रमित बिरामीहरुको आत्मबल बढाउन उनीहरु अस्पतालमा शारीरिक व्यायाम गर्छन्, नाच्छन्।
उनीहरुलाई समयमै सरकारले खानाको व्यवस्था गरिदिएको छ।मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुगेको छ।
चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
चीनबाहिर ४ सयभन्दा बढी कोरोनाबाट संक्रमित छन्। विश्वभर यतिबेला कोरोनाको औषधी बनाउने प्रयास भइरहेको छ।



















