बिरयानी पारखीका लागि बिरयानी मोमेन्ट सञ्चालनमा
चितवन, २० चैत ।
बिरयानी पारखीहरुका लागि लक्षित गर्दै चितवनको भरतपुरस्थित नारायणगगढ बजारमा बिरयानी मोमेन्ट सञ्चालनमा आएको छ । चौबीसै घण्टा सेवा प्रदान गर्नेगरी बिरयानी मोमेन्टले शुक्रबारदेखि नारायणगढको पुलचोकस्थित जेसिस भवन अगाडिबाट आफ्नो सेवा शुभारम्भ गरेको हो ।
काठमाडौँमा मुख्य शाखा रहेको मोमेन्टले राजधानी बाहिर आफ्नो पहिलो आउटलेट नारायणगढमा खोलेको हो भने दास्रो आउटलेट चाँडै नै पोखरामा खोल्ने तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बिरयानी पारखीहरुलाई लक्षित गर्दै विभिन्न २० प्रकारका बिरयानीहरु चार वटा फरक रङमा उपलब्ध गराइने बिरयानी मोमेन्टका चिफ अपरेटिङ अफिसर शिशिर पौडेलले बताए । सो मोमेन्टबाट बिरयानीका अलावा इन्डियन, चाइनीज, मुगल तथा कन्टिनेन्टल खानाहरु उपलब्ध हुने पौडेलले बताउनुभयो ।
पुलचोकको आउटलेटमा माजेस्टिक हुक्का बार, फेमिली डिनर, कर्पोरेट मिटिङ हल र बिन ब्याग सिटिङ लबी रहेको जनाइएको छ । मोमेन्टको उद्घाटनका अवसरमा शुक्रबार र शनिबार नेपाली ताराका विजेता दिपक लिम्बुसहितका कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष कल्याण अधिकारीले चार जना युवा व्यवसायीको लगानीमा गत ७६ पुसबाट सेवा सञ्चालन गरेको जानकारी दिए ।
दुई करोड रुपैयाँ चुक्ता पुँजी रहेको बिरयानी मोमेन्टले ३५ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको अधिकारीको भनाइ थियो । मोमेन्टले अहिले चौबीसै घण्टा भरतपुरसहित गैँडाकोटको थुम्सीसम्म र रत्ननगरको टिकौलीसम्म होमडेलिभरीको सुविधा प्रदान गर्ने अधिकारीले बताए । बिरयानी मोमेन्टको शुभारम्भका अवसरमा दुई वटा बियर खरिदमा एउटा निशुल्क तथा स्न्याक्स समेत निशुल्क उपलब्ध गराइने अधिकारीको भनाइ छ ।


















