१ करोड भन्दा बढी ठगी गरेको भन्दै खैरहनीका एक शिक्षक पक्राउ
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६ | १९:४४:११
चितवन ,१५ साउन १५
चितवनको खैरहनीबाट ठगी आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । विद्यालयमा शेयर हाल्नका लागि केही व्यक्तीहरुले दिएको रकम शेयर नहालेको भन्दै रत्ननगर ३ बस्ने बर्ष ४० को राजकुमार दहाललाई प्रहरीले पक्राउ गरेको हो ।
खैरहनी ८ स्थित ज्ञानसुधा स्कुलमा शेयर हाल्दिने भन्दै शेयर नहालि ठगी गरेको आरोपमा विद्यालयका संचालक दहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
दहालले खैरहनी ८ निवासी समिता के सी संग १ करोड १३ लाख ९५ हजार रुपैँया र रत्नदिप अधिकारीसँग ७ लाख रुपैँया गरि १ करोड २० लाख ९५ हजार ठगी गरेको भन्दै जाहेरी परेकोले पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए ।
प्रकाशित मिति : बुधबार, साउन १५, २०७६ |
१९:४४:११
5875





















