कक्षा ३ मा पढ्ने छात्रामाथि प्रधानाध्यापकद्धारा दुर्व्यवहार
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०८, २०७६ | १५:५८:०७
पाँचथर,८ फागुन ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।विद्यालयको कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्राले प्रधानाध्यापक मोहनप्रसाद दुलालले बुधबार दिउँसो कक्षाकोठामै दुर्व्यवहार गरेको बताएकी हुन् ।
प्रधानाध्यापकले यसअघि पनि पटक-पटक दुर्व्यवहार गर्दै आएको छात्राले बताएकी छिन् । दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हो ।
छात्राका आफन्तहरु बिहीबार जिल्ला प्रहरी कार्यालय चौकी पुगेर प्रधानाध्यापकविरुद्ध उजुरी गरेको नवमीडाँडाका प्रहरी इञ्चार्ज पेलेङसिंह धिमालले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०८, २०७६ |
१५:५८:०७
4291



















