चितवनमा वडा कार्यालयमा आगजनी
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६ | ७:४२:०१
चितवन , १७ साउन
चितवनको कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा गएराति अज्ञात समुहले आगजनी गरेको कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए ।
आगजनीबाट कार्यालय भित्र रहेको कागजात , कम्प्युटर , प्रिन्टर , टेबुल ,कुर्सी , लगायतको सामाग्री जलेको छ । कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको देखिएको मेयर श्रेष्ठले बताए । आगजनी कसले र किन गरेको भन्नेबारे केहि नखुलेको रे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६ |
७:४२:०१
5765





















