प्रधानमन्त्रीको सूचना प्रणालीमै खोट !
प्रकाशित मिति: मंगलबार, आषाढ १०, २०७६ | २२:५५:०३
विश्वेश्वरप्रसाद (वीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभन्दा पहिला नै उनका दाजु मातृकाप्रसाद प्रधानमन्त्री बनिसकेका थिए । मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि विसं २००८ र २०१० सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि वीपी पूर्वप्रधानमन्त्रीसमेत रहेका दाजु मातृकाप्रसादसँग राजकाज सञ्चालनसम्बन्धी सल्लाह लिन गएछन् ।
‘अरु सबैले ल्याएको सूचनामा विश्वास गर्नू तर जासुसी निकायले दिएको सूचनामा कहिल्यै भर नपर्नू’ अनुभवी मातृकाप्रसादले वीपीलाई यस्तो सल्लाह दिँदै भनेछन्, ‘किनभने उनीहरूले तिमी जस्तो सुन्न चाहन्छौं, त्यस्तै सूचना मात्रै तिमीलाई दिन्छन् ।’
प्रकाशित मिति : मंगलबार, आषाढ १०, २०७६ |
२२:५५:०३
9593



















