जनकपुरमा नवजात मृत शिशुको शव फेला
प्रकाशित मिति: आइतबार, फाल्गुण ११, २०७६ | १७:३२:००
जनकपुरधाम,११ फागुन ।
जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेशननजिकै नवजात शिशुको शव फेला परेको छ।
पुलको झाडीनजिकै फालिएको अवस्थामा आइतबार दिउँसो नवजात मृत शिशुको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएका थिए। प्रहरी घटनास्थल भने आइपुगेका छैन।
शिशु जन्मिदै कसले फालेको विषयमा केही खुलेका छैन। अनैतिक सम्बन्धबाट बच्चा जन्मेपछि आमाले नै फालेपछि मृत्यु भएको स्थानीयका आशंका गरेका छन्।
प्रकाशित मिति : आइतबार, फाल्गुण ११, २०७६ |
१७:३२:००
4313






















