विरियानी मोमेन्टले ल्यायो खानामा १० प्रतिशत छुट
चितवन, ८ जेठ ।
केही समय अगाडिमात्रै भरतपुरको नारायणगढमा सञ्चालनमा आएको विरियानी मोमेन्टले विशेष छुटको अफर ल्याएको छ । काठमाडौँ र चितवनबाट सेवा प्रदान गरिरहेको मोमेन्टले कोरोना नियन्त्रणको अग्रभागमा खटिने व्यक्तिहरुलाई लक्षित गर्दै खानामा १० प्रतिशत छुट दिने जनाएको हो ।
विरियानी मोमेन्ट चितवन शाखाले कोरोना महामारीको समयमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकर, सफाइ कर्मचारी र लकडाउन अवधिभर काम गर्नुपर्ने कर्मचारीका लागि खाना अर्डर गर्दा १० प्रतिशत छुट दिने सञ्चालक संस्था फ्युचर फुड्स प्रालिका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलले बताए । घरमा, अस्पतालमा वा कार्यालयमा खाना मागाउँदा जुनसुकै खानामा पनि छुट सुविधा उपलब्ध गराइने पौडेलको भनाइ छ ।
नारायणगढको हरिहर मार्गबाट सेवा प्रदान गरिरहेको मोमेन्टले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै खाना बनाउँदा र डेलिभरी गर्दा पूर्ण रुपमा सुरक्षित विधिहरु अपनाएको जनाएको छ । खाना मगाउनका लागि ०५६५९६८२८ मा सम्पर्क गर्न सकिने भन्दै पौडेलले ‘टेकअवे’ सुविधा समेत रहेको जानकारी दिए ।


















