कोरोना विरुद्धको खोपका लागि पौने २७ अर्ब, सरुवा रोग अस्पताल स्थापना गर्द १ अर्ब ३० करोड रुपैयाँ बिनियोजन
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ | १६:३८:१६
काठमाडौं ,१५ जेठ।
सरकारले आगामी आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणविरुद्धको खोपका लागि पौने २६ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी गराए। साथै उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको भत्तालाई निरन्तरता दिइएको पनि जानकारी दिए।
काठमाडौं उपत्यकाभित्र लगायत सबै प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापन गर्न १ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ। उपत्यकाभित्रका तीन जिल्लामा ३ सय शैयाको अस्पताल र प्रत्येक प्रदेशमा ५० शैयाको अस्पताल स्थापन गर्ने गरि बजेट छुट्इएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको छ।
प्रकाशित मिति : शनिबार, जेठ १५, २०७८ |
१६:३८:१६
3917













