जापानमा सामान बोकेको पानीजहाज डुंगासँग ठोक्कियो, १३ जना बेपत्ता
प्रकाशित मिति: आइतबार, फाल्गुण १८, २०७६ | १२:२७:१६
जापान,१८ फागुन
जापानमा शनिबार राति सामान बोकेको एउटा पानी जहाज माछा मार्ने डुंगासँग ठोक्किदा १३ जना बेपत्ता भएका छन्।
शनिबार राति स्थानीय समयअनुसार साढे १० बजेतिर दक्षिण कोरिया आउँदै गरेको चीनको गोउसिङ १ कार्गोजहाज र जापानी डुंगा ठोक्किएका थिए।
दुर्घटनामा परी जहाजको चालक दलका १३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमध्ये सात चिनियाँ, पाँच भियतनामी र एक जना फिलिपिनो नागरिक छन्।
डुंगामा रहेका १५ जना भने सुरक्षित रहेका छन् भने जहाजका एक जना सदस्यको उद्धार गरिएको छ।
बेपत्ता भएकाहरूको उद्धारका लागि जापानले ६ वटा जहाज, ६ पेट्रोल सिप र दर्जनौं उद्धारकर्मी खटाएको छ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १८, २०७६ |
१२:२७:१६
6271



















