मन्त्री अर्याल सवार विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण
प्रकाशित मिति: बिहिबार, फाल्गुण २२, २०७६ | १२:११:२१
काठमाडौं,२२ फागुन ।
भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल सवार यती एअरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमानमा चरा ठोकिएपछि त्रिभुवन विमानस्थलमै फर्किएर आपतकालीन अवतरण गरेको मन्त्री अर्यालको सचिवालय सदस्य राजेश शर्माले लोकान्तरलाई जानकारी दिए ।
त्यसपछि केहीबेर विमानस्थलमै रोकिएकी मन्त्री अर्याल अर्को विमानमा पोखरा गएकी छन् । विमानका सबै यात्रु सुरक्षित छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २२, २०७६ |
१२:११:२१
5215

























