कांग्रेस बिपीले लमजुङमा सत्ता गठबन्धनलाई बहिस्कार गर्ने
प्रकाशित मिति: बिहिबार, मंसिर ०१, २०७९ | १२:३७:१७
लमजुङ, १ मंसिर | नेपाली कांग्रेस बीपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई लमजुङमा बहिस्कारको घोषणा गरेको छ । कांग्रेसले आफ्नो मूल्य र मान्यताविपरीतका दलसँग सत्ता प्राप्तिका लागि माओवादीसँग गठबन्धन गरेको भन्दै कांग्रेस बीपीले गठबन्धमा सहभागी नभएको बेंसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी स्पष्ट पारेको हो । कांग्रेस बिपीबाट उम्मेवार बनेपनि व्यक्तिगत स्वार्थका लागि उमेदवारले उम्मेदवारी निस्क्रिय गरेको दाबी गरिएको छ । करुवा चिन्हको उमेदवारी कायम रहेको बिपी कांग्रेसले जनाएको छ । कांग्रेस बिपीका अध्यक्ष तेजनारायण अधिकारीले आमनिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई बहिष्कार गरी कांग्रेस बिपीको करुवा चिन्हमा छाप लगाएर सत्य र न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गरे ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०१, २०७९ |
१२:३७:१७
5039



















