दाङमा गुडिरहको बसबाट खसेर महिलाको मृत्यु
प्रकाशित मिति: सोमबार, चैत्र ०३, २०७६ | ११:२१:२४
तुलसीपुर,३ चैत ।
गुडिरहेको बसबाट खसेर तुलसीपुर १४ भोजपुरमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निबासी ५८ बर्षकी सुशिला वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुरबाट भोजपुरका लागि छुटेको ना४ख ५४६३ नम्बरको बसबाट खसेर वलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ०३, २०७६ |
११:२१:२४
4423






















