प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | ११:११:१३
काठमाडौं, २० मंसिर । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भइ १९३५.०७ विन्दुमा आएको छ । बुधबार नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।
प्रि-ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजर ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
११:११:१३
4533


















