संतुगलबाट ६ लाख थान मास्क बरामद
प्रकाशित मिति: सोमबार, चैत्र ०३, २०७६ | १६:५४:३९
काठमाडौं,३ चैत ।
प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान मास्क बरामद गरेको छ । त्यहाँ लुकाएर राखिएको सर्जिकल मास्क बरामद भएको हो ।
चन्द्रागिरी नगरपालिका १० विष्णुदेवी गोदाममा यी मास्क लुकाइएको थियो । १२० वटा बोरामा राखिएको मास्क प्रहरीले बरामद गरेको जनाएको छ ।
पछिल्लो समय प्रहरीले काठमाडौंमा मास्क बरामद निकै बढाएको छ । अनि मास्कको बिक्रीमा कालोबजारी गर्नेहरुलाई पनि धमाधम कारवाही गरिरहेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ०३, २०७६ |
१६:५४:३९
4181

























