प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.०४ अंकको गिरावट
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ | ११:५२:४९
काठमाडौं– प्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचक २.०४ अंकको गिरावट आएको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ ।१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति : मंगलबार, मंसिर २७, २०७९ |
११:५२:४९
6271













