अबैध भारतीय रुपैया सहित २ जना पक्राउ
प्रकाशित मिति: बुधबार, चैत्र ०५, २०७६ | १४:०७:२१
हेटौडा ,५ चैत्र
मकवानपुर प्रहरीले स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ बर्षीय विजय चौधरी र भारत नहेटी बस्ने ३८ बर्षीय शंकर सरकार रहेका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा हेटौंडा भएर विरगंज तर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको भारतीय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले बरामद गरेको भारतीय रुपैया, मानिसहरुलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग पथलैया बारामा पठाएको जनाएको छ।
प्रकाशित मिति : बुधबार, चैत्र ०५, २०७६ |
१४:०७:२१
4313



















