कोरोना प्रभाव: पाँच तारे होटल हयात रिजेन्सी २१ अप्रिलसम्म बन्द, अरुपनि बन्दको तयारीमा
प्रकाशित मिति: बिहिबार, चैत्र ०६, २०७६ | १६:३९:५०
काठमाडौं,६ चैत्र ।
नेपाल सरकारको समेत लगानी रहेको हयात रिजेन्सी होटल २१ अप्रिलसम्ममा लागि बन्द भएको छ। होटलले आफ्नो आधिकारीक वेब पेजमा एक सूचना जारी गर्दै होटल २१ अप्रिलसम्मको लागि बन्द भएको र कुनै पनि बुकिङ नलिने जनाएको छ।
होटलले कर्मचारीलाई पनि केही तलब दिँदै तत्कालको लागि बन्द गरेको जनाएको छ। योसँगै केही पाँच तारे होटल मेरियट, र्याडिसन, भिभान्तले समेत बन्द गर्ने तयारी गरिरहेको छ।
जसमा मेरियट र र्याडिसन पनि आइतबारदेखि बन्द गर्ने तयारी भएको छ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०६, २०७६ |
१६:३९:५०
5149



















