नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
प्रकाशित मिति: बिहिबार, चैत्र ०६, २०७६ | १८:०५:३७
नवलपरासी,६ चैत्र ।
नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय बमबहादुर ढुेंगा मगर रहेका छन्। लु.२ ख ४६८ नम्बरको बसले लु.३२ प ३२९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक मगर गम्भीर घाइते भएका थिए।
उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०६, २०७६ |
१८:०५:३७
4445



















