सशस्त्रका जवानले गरे ब्यारेकभित्रै आत्महत्या
प्रकाशित मिति: शुक्रबार, चैत्र ०७, २०७६ | १३:११:५५
बारा, ७ चैत्र ।
सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म, राजश्व चुहावट नियन्त्रण कार्यालय पथलैयामा कार्यरत सशस्त्र प्रहरी जवान विमल भण्डारी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
उनी कार्यरत गुल्मको हाता भित्रै झुण्डिएको अवस्थामा भण्डारीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।
राती डिउटी गरेका भण्डारीलाई बिहान साथीहरुले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०७, २०७६ |
१३:११:५५
4203



















