श्रीलंकामा आजदेखि कर्फ्यु, निर्वाचन स्थगित
प्रकाशित मिति: शुक्रबार, चैत्र ०७, २०७६ | १३:३७:०४
कोलम्बो,७ चैत्र ।
श्रीलंकामा देशभर कर्फ्यु आदेश जारी हुने भएको छ । शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने बीबीसीले समाचारमा जनाएको छ ।
निर्वाचन आयोगले संसदीय निर्वाचन स्थगित भएको एक दिनपछि देशभर कर्फ्यु जारी गरिएको हो । निर्वाचन अर्को महिनासम्म स्थगित गरिएको हो ।
राष्ट्रपति गोताबय राजापाक्षले यसअघि निर्वाचन स्थगित गर्नुपर्ने कुनै कारण नभएको बताएका थिए । उनले दुई तिहाइ बहुमतका साथ जित हात पार्ने अपेक्षा गरेका थिए । दुईतिहाइ बहुमतले श्रीलंकामा संविधान परिवर्तन गर्न पाउने कानुनी प्रावधान छ ।
श्रीलंकामा पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या दोब्बर भएको छ । हाल श्रीलंकामा कोरोना संक्रमितको संख्या ६६ रहेको छ । त्यसैगरी २४ सय मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ । (बीबीसी
प्रकाशित मिति : शुक्रबार, चैत्र ०७, २०७६ |
१३:३७:०४
4445



















