स्वाबलम्बनको संस्थापक सेयर लिलामी गर्ने आज अन्तिम दिन
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ | १२:०६:०९
काठमाडौं, २४ माघ | स्वालम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अर्थात माघ २४ गते अन्तिम दिन हो । नबिल बैंकको स्वामित्वमा रहेको यस लघुबित्तले १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । न्यूनतम ५ सय ५५ रुपैयाँ भाउ राखेर आवेदन दिन गरी स्वाबलम्बन लघुबित्तले आफनो योजना यसअघि नै सार्वजनिक गरिसकेको थियो । जसअनुसार लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।सो लघुबित्तका अनुसार लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौं रहेको छ।
प्रकाशित मिति : मंगलबार, माघ २४, २०७९ |
१२:०६:०९
7327













