सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: बुधबार, फाल्गुण १७, २०७९ | १३:०६:२६
काठमाडौं, १७ फागुन । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयामा कारोबार भएकाे थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १७, २०७९ |
१३:०६:२६
6073
















