१ हजार रुपैयाँले घट्यो सुनको मूल्य
प्रकाशित मिति: बुधबार, फाल्गुण २४, २०७९ | १२:१२:५१
काठमाडौं, २४ फागुन । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार ४० रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २४, २०७९ |
१२:१२:५१
8801
















