सुनचाँदीको मूल्य ५ सय रुपैयाले घट्यो
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९ | १३:५४:४०
काठमाडौं, २५ फागुन । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २५, २०७९ |
१३:५४:४०
6337
















