मिर्गौला पीडित देवकोटालाई क्षेत्रीद्वारा आर्थिक सहयोग
प्रकाशित मिति: शनिबार, चैत्र १८, २०७९ | १८:२८:०८
चितवन, १८ चैत ।
विगत एकवर्षदेखि मिर्गौलाको डायलासिस गर्दै आएका एक जना बिरामीलाई मिर्गौला पीडित असहाय संरक्षण केन्द्रले आर्थिक सहयोग गरेको छ । केन्द्रका संस्थापक अध्यक्ष सुनील क्षेत्रीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ का ३४ वर्षीय सुमन लकाल देवकोटालाई आर्थिक सहयोग गर्नुभएको हो ।
काठमाडौँको शिक्षण अस्पतालमा उपचाररत देवकोटालाई क्षेत्रीले रु १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । विगत आठ वर्ष अघि मिर्गौला पीडित बनेका देवकोटाले एक वर्षदेखि डायलासिस गराउँदै आएका क्षेत्रीको भनाइ छ । क्षेत्रीको संस्था मिर्गौला पीडित असहायक केन्द्रले आर्थिक अवस्था कमजोर भएका मिर्गौला पीडित व्यक्तिहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १८, २०७९ |
१८:२८:०८
12167



















