विदेशबाट आउदा साथमा दुई वटासम्म मोबाइल ल्याउन पाईने
प्रकाशित मिति: मंगलबार, बैशाख २६, २०८० | १९:४२:०८
काठमाडौँ । सरकारले झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने भएको छ । यससँगै विदेशबाट आउनेले साथमा दुई वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताइन् ।
मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २६, २०८० |
१९:४२:०८
5721

















