ललिता निवास प्रकरणः पक्राउ परेका तीन जना रिहा
प्रकाशित मिति: मंगलबार, आषाढ १२, २०८० | २०:४८:२३
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा आज पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । रिहा हुनेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन् । उनीहरूलाई पक्राउ गरिएको केही घण्टामा कागज गरेर रिहा गरिएको हो ।
गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
जग्गा प्रकरणमा प्रहरीले आज मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्की हिरासतमा छन् ।
प्रकाशित मिति : मंगलबार, आषाढ १२, २०८० |
२०:४८:२३
3103