खैरहनीको दराई होम स्टेलाई आवश्यक सामाग्री हस्तान्तरण
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०८० | २१:५९:५३
चितवन , २३ असोज । खैरहनी नगरपालिकाको वडा नम्बर १२ स्थित दराई होम स्टेमा आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ । एशिया मानवअधिकार मन्चले होम स्टेमा अति आवश्यक वस्तुहरु आज हस्तान्तरण गरेको हो ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले होम स्टेमा आवश्यक सिरक , दसना , तन्ना , सिरानी , पानी तताउने भाडा लगायतको सामानहरु प्रदान गरेका थिए । होम स्टे संचलानको लागि आवश्यक ११ प्रकारका सामानहरु हस्तान्तरण गरिएको एशिया मानव अधिकार मन्चका आर्थिक प्रशासन महाशाखा प्रमुख एकलाल न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, आश्विन २३, २०८० |
२१:५९:५३
1365