सांसदको उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्र बडूको घोषणा
प्रकाशित मिति: मंगलबार, पौष २९, २०८२ | ११:०९:४७
चितवन , २९ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
२०४८ सालदेखि दार्चुलाबाट निरन्तर निर्वाचन लड्दै आएका र एकपटक समानुपातिक प्रणालीबाट सांसद बनेका बडूले वक्तव्य जारी गर्दै आफू उम्मेदवार नबन्ने तर पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दार्चुलाबाट कांग्रेसले उम्मेदवारका रूपमा बडूको नाम एकल रूपमा सिफारिस गरेको थियो।
प्रकाशित मिति : मंगलबार, पौष २९, २०८२ |
११:०९:४७
3323





















