चिलिमे जलविद्युत् केन्द्रको विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द
प्रकाशित मिति: शनिबार, भाद्र १४, २०८२ | १२:४३:१४
चितवन, १४ भाद्र । राष्ट्रिय प्रसारण लाइनमा समस्या देखिएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द भएको छ।
कालिका गाउँपालिका–१, ग्राङ आसपास क्षेत्रमा प्रसारण लाइनमा समस्या आएपछि केन्द्रले उत्पादन रोक्नुपरेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार टावर मर्मत गरेर आज साँझसम्ममा विद्युत् आपूर्ति पुनः सुरु गर्ने लक्ष्य राखिएको छ। मर्मत कार्यका लागि काठमाडौंबाट रसुवातर्फ प्राविधिकहरू प्रस्थान गरिसकेका छन्।
प्रकाशित मिति : शनिबार, भाद्र १४, २०८२ |
१२:४३:१४
3631




















