ईआईए प्रतिवेदन ३० दिनभित्र स्वीकृत गर्ने व्यवस्था ल्याइने
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० | १८:५६:५४
काठमाडौँ । सरकारले वातावरणीय प्रभाव मूल्यांकन ईआईए पेस भएको ३० दिनभित्रमा स्वीकृत गर्ने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/ ०८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
मन्त्री महतले वन तथा वातावरण मन्त्रालयले ईआईए पेस भएको ३० दिनभित्रमा स्वीकृत गरिसक्नुपर्ने व्यवस्था ल्याइने बताए ।
वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएपछि रुख कटानका काम पनि सँगसँगै सुरु गरिने व्यवस्था ल्याइने उनले बताए ।
यसअघि ईआईए प्रतिवेदन लामो समयसम्म स्वीकृत नहुँदा ठूला निर्माण परियोजना तथा योजनाहरू अलपत्र पर्ने गरेका छन् ।
प्रकाशित मिति : सोमबार, जेठ १५, २०८० |
१८:५६:५४
6931

















