मौद्रिक नीति सञ्चालक समितिबाट पारित
प्रकाशित मिति: आइतबार, साउन ०७, २०८० | १३:२५:५५
काठमाडौं,०७ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक हुँदै छ । राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकले मौद्रिक नीति पारित गरेको छ भने राष्ट्र बैंकले आजै ३ बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ ।
गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए । तर अर्थतन्त्रमा आएको शिथिलता हटाई आर्थिक गतिविधि चलायामान बनाउनु, निष्क्रिय कर्जा र गैरव्यवसायिक गतिविधि बढिरहेको सन्दर्भमा वित्तीय स्थायित्व कायम राख्ने मुख्य चुनौती रहेको राष्ट्र बैंकको भनाइ छ ।
प्रकाशित मिति : आइतबार, साउन ०७, २०८० |
१३:२५:५५
5325

















