नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना
प्रकाशित मिति: शनिबार, चैत्र १५, २०७६ | १२:३८:३८
काठमाडौं,१५ चैत्र ।
नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
विमान रनवेबाट चिप्लिएर बाहिर गएको थियो । प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले घटना भएको पुष्टि गरे ।
प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको बताइएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १५, २०७६ |
१२:३८:३८
4203



















