हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका आनुसार आइपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेकाे थियाे ।














