विदेशी मुद्राको विनिमय दर: बिहिवार कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा कायम रहेको छ । यस्तै नेपाल राष्ट्र बैंकका अनुसार बिहिवार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ९६ पैसा र बिक्री दर ९८ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ५० पैसा र बिक्री दर २८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।












