डोल्पामा क्वारेन्टाइनमा राख्न खोज्दा महिलाद्वारा आत्महत्याको प्रयास
प्रकाशित मिति: मंगलबार, चैत्र १८, २०७६ | १३:४०:०६
सुर्खेत,१८ चैत्र ।
डोल्पामा एक महिलाले क्वारेन्टाइनमा राख्न खोज्दा आत्महत्याको प्रयास गरेकी छन्। क्वारेन्टाइनमा बस्न दबाब दिएपछि शे–फोक्सुण्डो गाउँपालिका(५ की ती महिलाले ठूलीभेरी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन्।
आफूसँगै आएका अन्यलाई गाउँगाउँमा पठाइएको तर आफूहरूलाई ‘क्वारेन्टाइन’मा राख्नुपर्ने कारण नदेखाइएको उनले बताइन्। स्वास्थ्यकर्मीको व्यवहारका कारणले ती महिलाले ठूलीभेरी नदीमा हामफालेर आत्महत्याको प्रयास गरेको उनका आफन्तले गुनासो गरेका छन्।
‘क्वारेन्टाइन’मा सँगै रहेकाले ती महिलाको ज्यान जोगाएका थिए। गाउँपालिकाले दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाइएको छ। जिल्लाबाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न थालिएको छ।
प्रकाशित मिति : मंगलबार, चैत्र १८, २०७६ |
१३:४०:०६
5457



















