ताेलामा ३ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० | १२:३२:५१
काठमाडौं । नेपाली बजारमा बुधबार सूनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर २७, २०८० |
१२:३२:५१
5413












