आज बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: आइतबार, पौष २९, २०८० | ११:४१:३२
काठमाडौं । आज आइतबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य आज २० रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पौष २९, २०८० |
११:४१:३२
3609












