बुधबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० | ११:३३:५८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ ।
त्यस्तै युरो १ को खरिद दर १४४ रुपैयाँ २१ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ८६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४१ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : बुधबार, माघ १०, २०८० |
११:३३:५८
3697












