आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति: बिहिबार, माघ ११, २०८० | १२:२८:५१
काठमाडौँ, ११ माघ । आज नेपाली बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ११, २०८० |
१२:२८:५१
3763












