घट्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० | १४:३७:४८
काठमाडौँ, २२ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, माघ २२, २०८० |
१४:३७:४८
4335












